काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। ७७ वर्षका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएपछि मेयर शाहलाई पितृशोक परेको हो ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको उपचारका क्रममा सोमबार मध्याह्न उनको निधन भएको थियो । स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो।











