काठमाडौं । नेपाली कांग्रेसले आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ । पारित भएको कार्यतालिका अनुसार कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्ने भएको छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका पेस गर्दै गाउँ–नगर अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते हुने बताएका छन् ।