काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको निवेदन दिने समयावधि चार दिन थप गरेको छ । यसअघि हिजोसम्म म्याद रहेकोमा आयोगले चार दिन थप गरेको हो । आयोगमा अझै १८ नयाँ राजनीतिक दल दर्ता प्रक्रियामा छन् ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने प्रयोजनका लागि बुधबारसम्म १०६ दलले निवेदन दिएका छन् ।
विघटित प्रतिनिधिसभामा रहेका सबै १४ वटै दलले दल दर्ताको निवेदन दिएका छन् । १७ नयाँ दलले पनि आयोगमा निवेदन बुझाएका छन् । आयोगमा सूचीकृत राजनीतिक दलको संख्या १३७ पुगेको छ ।











