दाङ । अहिले बनेको नेपाली कम्युष्ट पार्टीको लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् ।
पार्टी एकीकरण भएपछि लुम्बिनीमा पहिलो पटक संयुक्त बैठकले लुम्बिनी प्रदेशसभामा संसदीय दल नेता, प्रमुख सचेत र सचेत चयन गरिएको हो ।
बैठकले पार्टीका नेता एवम् संसदीय दलका प्रमुख सचेतक इन्द्रजीत थारुले स्वतः एकीकरण भएको घोषणा गर्दै प्रदेश सभामा संसदीय दलको नेता, प्रमुख सचेत र सचेत चयन गरिएको बताए । दलको नेतामा माओवादी केन्द्रीका महरा, प्रमुख सचेतकमा इन्द्रजीत थारु र सचेतकमा नेकपा एकीकृत समाजवादीकी भगवती अधिारीलाई जिम्मेवारी दिएको छ ।
यसैगरी, लुम्बिनी प्रदेश सभामा तत्कालीन नेकपा माओवादी केन्द्रबाट सभामुखसहित ११ र नेकपा एकीकृत समाजवादीबाट एक सांसद छन् । पार्टी एकीकरणसँगै लुम्बिनी प्रदेश सभामा नेपाली कम्युनिष्ट पार्टीको १२ सांसदसहित प्रदेश सभाको तेस्रो शक्ति बनेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहित १२ दल एकीकरण गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइएको छ ।











