सन्तोषकुमार गुप्ता
देउखुरी १९ साउन
स्थानीय तह पुर्नसंरचना निमार्ण गर्दा देउखुरी उपत्यकामा २ गाउँपालिका र १ नगरपालिका हुनुपर्ने सुझाब देउखुरीका नागरिक अगुवाहरुले दिएका छन् । त्यसका लागी जनसंख्या, भौगोलिक अवस्था र सेवा सुविधालाई ख्याल गरि गाउँपालिका र नगरपालिका बनाउनु पर्ने नागरिकहरुको सुझाव थियो ।  जस अन्र्तगत लालमटिया, सिसहनियाँ, गोबरडिहा र हाँसिपुर गाबिसलाई मिलाएर १ गाउँपालिका त्यसैगरि राप्ती पारीको गंगापरस्पुर, गढवा, बेला, राजपुर, र कोइलाबास गाबिसलाई मिलाएर अर्को एक गाउँपालिका र लमही नगरपालिका र सतबरिया गाबिसलाई मिलाएर १ नगरपालिका गरि जम्मा २ गाउँपालिका र १ नगरपालिका हुनुपर्ने नागरिकहरुको सुझाब छ ।deui

नयाँ पुर्न संरचना गर्दा २०६८ को जनगणा अनुसार गाउँपालिका हुन ५० हजार जनसख्या र नगरपालिका हुन ७५ हजार जनसख्या हुनुपर्ने मापदण्ड अनुसार जनसख्याको आधारमा देउखुरी उपत्यकामा २ गाउँपालिका र १ नगरपालिका हुनुपर्नेमा सहभागिहरुले बताएका थिए । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति दाङको आयोजनामा मंगलवार लमहीमा भएको बृहत अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले सो सुझाव दिएका हुन् ।

नयाँ संबिधान कार्यान्वयनका लागी थालिएको स्थानीय तह पुर्नसंरचना निर्माणको छलफलका क्रममा आ आफ्नो राय सुभाब दिन देउखुरी उपत्यकाका दुर दराजबाट समेत नागरिकहरु बस रिर्जभ गरेरे कार्यक्रममा सहभागी भएका थिए । स्थानीय तह पुर्नसंरचना प्राबिधिक सहयोग समिति दाङको आयोजनामा भएको अन्ज्तरक्रिया कार्यक्रममा स्थानीय तहलाई कसरी ब्यबस्थित बनाउने भन्ने सवालमा नागरिकको चासो बढेसगै मंगलवार लमहीमा आयोजित कार्यक्रममा देउखुरी उपत्यकाका ९ गाबिस र १ नगरपालिकाका स्थानिय राजनितिकदल, बिभिन्न क्षेत्रमा क्रियाशिल बौद्धिक ब्यक्तीत्व, लगाएत अन्य सरोकारवाला निकायका सबै तह र तप्काका व्यक्तिहरुको सहभागिता थियो ।2
जिल्ला बन अधिकृत नबराज काफ्लेको सभापतित्व तथा  जिल्ला बिकाश समिति दाङका स्थानीय बिकाश अधिकारी रमेश गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रमको सहजिकरण सुचना अधिकृत कृष्ण केसीले गर्नुभएको थियो । भने स्वागत सदस्य सचिब तथा जिल्ला बिकाश समिति दाङका योजना अधिकृत बासुदेब आचार्यले गर्नुभएको पत्रकार सन्तोषकुमार गुप्ताले जानकारी दिनु भएको छ ।