काठमाडौं १९ साउन  । अवकाश लिनु एक दिनअघि शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले पत्र लेखेर हटाएका साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई शिक्षा मन्त्रालयले फेरी नियुक्ति गरेको छ । सचिव पण्डितले पुनरावेदन अदालत पाटनको निर्देशन भन्दै साउन ५ मा महाप्रबन्धक शर्मालाई जिम्मेवारीबाट मुक्त गरेको पत्र पठाउनुभएको थियो ।

ministry-of-educationशर्मालाई मन्त्रीस्तरीय निर्णयबाट २०७२ असार २३ मा साझा प्रकाशनको सदस्यमा र २०७२ साउन १० मा संस्थाको महाप्रबन्धकमा नियुक्त गरिएको थियो । तर साझा प्रकाशनका पदाधिकारीलाई शिक्षा मन्त्रालयले नियुक्त गर्न नमिल्ने दाबीसहित परेको रिटमा पुनरावेदन अदालत पाटनले २०७३ वैशाखमा उत्प्रेषणको आदेशमार्फत काम नगर्न निर्देशन दिएको थियो ।।