पर्सा। पर्सा जिल्लाको वीरगन्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय वीरगन्ज–पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्याङ्कीस्थित कार्यालयमा कार्यरत कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।
अनुगमनका क्रममा दुबै जनालाई सेवाग्राहीबाट माग गरेको एक लाख घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
जग्गा दर्ता गर्न सेवाग्राहीसँग विभिन्न बहाना बनाई एक लाख घुस मागिरहेको उजुरी परेपछि आयोगले उनीहरु कार्यरत कार्यालयमा टोली खटाइएको थियो।











