नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी हाटबजारमा बिक्री भएको बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर पुष्टि भएको छ । रामग्राम–२ परासीमा लाग्दै आएको साप्ताहिक हाटबजारमा गत बुधवार बिक्री गरिएको मासुमा स्वाइन फिवर पुष्टि भएको हो ।

गुनासो आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीमा रहेको पशु रोग अन्वेषण प्रयोगशालामा परिक्षण गरिएको थियो ।

पिसिआर परीक्षणका लागि काठमाडौँ पठाइएकोमा त्यहाँ पनि पोजेटिभ देखिएपछि हाटबजारमा केही दिनलाई सुँगुर र बङ्गुरको मासु बिक्रीमा प्रतिबन्ध लगाउनुपर्ने विज्ञ केन्द्रका प्रमुख दीपक भुसालले बताएका छन् ।