काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दर्ता गरेका छन् । आयोगले आज विप्लवलाई पार्टी दर्ता प्रमाण पत्रसमेत उपलब्ध गराएको छ।

विप्लव नेतृत्वको पार्टीले फागुन २१ को प्रतिनिधि सभा चुनावमा भाग लिन पार्टी दर्ता गरेको हो। यो पार्टीको चुनाव चिह्न गुलाफको फूल छ। यसअघि विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी थियो ।