इन्द्रेणी संवाददाता 

तुलसीपुर । आफ्नै भतिजाको हत्याको अभियोगमा पक्राउ परेकी दाङ बिजौरीकी गौतमी केसीलाई दाङ देउखुरी जिल्ला अदालतले पुर्पक्षका लागी तुलसीपुर कारागारमा पठाएको छ ।

13663608_573252932862638_1581624526_oईलाका प्रहरी कार्यालय तुलसीपुरले केसी बिरुद्ध दायर गरेको कर्तब्य ज्यान मुद्धाको आधारमा उनलाई पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरज प्रताप सिंहले जानकारी दिए । केसीलाई आफ्नै सात वर्र्षीय भतिजा दिपक खत्रीको असार १० गते घरभित्रै हँसिया प्रहार गरी हत्या गरेको अभियोग लागेको हो ।।