इन्द्रेणी संवाददाता
दाङ १८ साउन । सर्बसाधारणबाट करिब १३ लाख ठगि गर्ने दाङका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भारतको एक कम्पनीको नाम लिएर आफु सोही कम्पनीको ऐजेन्ट हुँ भन्ने र त्यस्मा लगानी गरे लाखौ रुपैयाँ मुनाफा हुन्छ भन्दै सर्बसाधारणबाट पैसा असुल्दै हिडेकी घोराही ११ की ४५ बर्षीय भागबती शर्मा आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

image

उनले भारतको उत्तर प्रदेश राज्यको बनारसमा रहेको Win Win Trade Mart pvt.ltd नाम गरेको गार्मेन्ट सम्बन्धी काम गर्ने नेटवर्किङ कम्पनीको ऐजेन्ट भएको र त्यस्मा लगानि गरे एक लाख रुपैया मुनाफा हुन्छ र मासिक २० हजार तलब हुन्छ भनी दाङका बिभिन्न ब्यक्तिबाट १२ लाख ७२ हजार ठगि गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

उनको थप अनुसन्धान भईरहेको सिंहले बताए । साथै उनले अन्य ब्यक्तिलाई पनि ठगि गर्न सक्ने भएकाले कोही यसरी ठगिएको भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सिंहले आग्रह गरे ।