नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान प्रतिलिटर रु दुई तथा खाना पकाउने एलपी ग्यासमा रु २५ घटाइएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ९७, डिजेल रु ७३, मट्टितेल रु ७३ र खाना पकाउने ग्यास रु एक हजार ३७५ कायम हुनेछ ।
