दाङ । सामाजसेवी घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ । ८० वर्षको उमेरमा उनको आज विहान निधन भएको हो । क्यान्सरबा पिडीत डिसीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो ।

डिसी घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थामा पटक पटक अध्यक्षको भूमिका निर्वाह गरे । सरल र सहज स्वभावका यस क्षेत्रमा पानीको समस्या सामाधान गर्नेमा सफल एवं नमुना व्यक्ति नै मानिन्न्छन् । उनलाई “पानी बाजे” भनेर चिन्ने गरिन्छ । डिसीको दुखद निधनप्रति इन्द्रेणी अनलाइन परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।