काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताको चर्चा चलिरहेका वेला नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले माओवादी केन्द्रसँगको एकतामा आफूहरू नजाने बताएकी छन्।
‘माओवादीसँग मात्र यही विधमान अवस्थामा हुने एकतामा हामी सहभागी हुँदैनौं। तपाईंहरू जो जो यो एकतामा सहमत हुनुहुन्छ, तपाईंहरूलाई बाधा पार्न चाहन्नौं’, उनले भनिन् । नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य झाक्रीसहितका नेताहरू एकतामा नजाने पक्षमा छन्।
अध्यक्ष माधवकुमार नेपाल र उनीनिकट नेताहरू भने माओवादीसँग एकतामा जानुपर्ने पक्षमा छन् । एकीकृत समाजवादी र माओवादीसहित विभिन्न पार्टीहरूबीच एकता गर्ने गरी छलफल चलिरहेको छ। नेकपा एमालेबाट माधवकुमार नेपाललाई हात तानेरै पार्टी विभाजन गराएकी झाँक्री अहिले नेपालकै विपक्षमा उभिएकी छन् ।











