इन्द्रेणी संवाददाता
दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका वडा नं. ९ अमिलियामा वेवारिसे अवस्थामा कपडा फोला परेका छन् । उक्त सडकखण्डको उत्तर साइडमा करिव एक लाख चार हजार बराबरका कपडा प्रहरीले फेला पारेको छ ।

प्लाष्टिकको बोरामा फेला परेका उक्त कपडाको विल केही पनि भेटिएको छैन भने कसले ल्याएको भन्ने पनि पत्ता लागेको छैन । दाङ प्रहरीले उक्त कपडा फेला पारेर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कोइलावास पठाएको छ ।

शनिवार वेलुका करिव साढे ४ बजेतिर बोरामा लेडिज १११ थान कुर्ता सुरुवाल र ६ थान लेडिज सुरुवाल फेला परेको हो । उक्त कपडा भन्सार छली गरेको ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।