
काठमाडौं । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा मध्यम हिमपात र वर्षा तथा बाँकी तराईका एक दुई ठाउँमाा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई ठाउँमा ठूलो हिमपात र वर्षाको पनि सम्भावना रहेको छ ।
पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको छ। शुक्रवारसम्म नै वर्षा र हिमपातको सम्भावना रहेको छ । ले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । मुस्ताङ प्रशासनले जिल्लाका पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ ।










