काठमाडौँ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर शुरु भएको छठ पर्व आज उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज मङ्गलबार बिहान समापन गरिएको हो ।
काठमाडौँ उपत्यका र तराई–मधेशका विभिन्न जिल्लालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न गरेका छन् ।
पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो ।











