काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एकदिनपछि निवर्तमान ऊर्जमन्त्री दीपक खड्का स्वदेशमै सार्वजनिक भएको छन् । उनी जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा आज सोमबार सार्वजनिक भएका हुन् । खड्का भिडियोमार्फत् काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।
गृहमन्त्री अर्यालले केही दिन अघि मात्रै एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिदै खड्का देश छाडेर भागिसकेको र अरु ठूला नेता पनि भाग्ने प्रयास गरिरहेको दाबी गरेका थिए । गृहमन्त्री अर्यालले ‘ठुल्ठूला नेताका बारेमा छानबिन सुरु गरिसकेको र भागाभागसमेत भएको दावी गरेका थिए ।











