इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले जुवा खेली रहेको समयमा वडाध्यक्षसहित १३ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । आइतवार राति घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको होटल टी थ्रीमा उनीहरुलाई प्रहरी नियन्त्रणमा लिएको हो ।

होटलको कोठा नंं १०८ मा जुवा खेलिरहेका घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणि अर्यालसहित ९ जनालाई नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैयासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्यालसहित घोराहीका कृष्ण बहादुर घर्ती, नारायण प्रसाद अधिकारी, माधव भण्डारी, बिक्रम केसी, लंकबहादुर बुढा, सागर बुढा, प्रबिन रावत र तेज प्रसाद आचार्यरहेका छन् ।

त्यस्तै घोराहीको मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद ६० हजार ६ सय ४० रुपैयासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घोराही रझेनाका अनुप कशौधन, ज्ञानेन्द्र रिजाल, एकराज खत्री र सोहेलमान मनसुरी रहेका छन् ।