दाङ । जिल्ला प्रशासन कार्यालय दाङले तिहारमा देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति १० बजेपछि नखेल्न अनुरोध गरेको छ । सो समयमा सामाजिक सद्भाव, शान्ति सुरक्षालाई मध्येजनर गर्दै देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति १० बजेअघि नै समापन गर्न अनुरोध गरेको छ ।
त्यसैगरी तिहारमा मादक पदार्थ सेवन नगरी मर्यादित ढङ्गले पर्व मनाउन, तथा सवारी साधन चलाउँदा ट्राफिक नियम पालन गर्न सबैलाई आग्रह गरिएको छ ।
शुभ–दीपावली (तिहार) र छठ पर्व २०८२ को जिल्लावासीलाई शुभकामना दिंदै सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढालेले पर्व शान्तिपूर्ण, सभ्य र मर्यादित तरिकाले मनाउन सबैलाई अनुरोध समेत गरेका छन् । जारी विज्ञप्तिमा आवश्यक वस्तुहरूको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा म्याद नाघेका सामान बिक्री वितरण गर्न नपाइने बताइएको छ ।












