काठमाडौं । एमाले र कांग्रेस गठबन्धनको सरकारको समयमा भागबन्डामा नियुक्त भएका ११ राजदूतलाई फिर्ता बोलाएको छ ।

अहिलेको सुशीला कार्कीको अन्तरिम सरकारले उनीहरुलाई २० दिनभित्र स्वदेश फर्किन निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली नेतृत्वको सरकारले १४ साउन ०८१ मा सिफारिस गरेका १० र त्यसअघिको सरकारले सिफारिस गरेका एक गरी ११ राजदूत फिर्ताको निर्णय गरेको हो ।

यसरी फिर्ता हुने राजदूतहरूमा नरेशविक्रम ढकाल (साउदी अरेबिया), धनप्रसाद पण्डित (इजरायल), शनिल नेपाल (स्पेन), डा. शैल रूपाखेती (जर्मनी), लोकदर्शन रेग्मी (अमेरिका), चन्द्रकुमार घिमिरे (बेलायत), जंगबहादुर चौहान (रुस), रमेशचन्द्र पौडेल (कतार), डा. कृष्णप्रसाद ओली (चीन), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया) र डा. दुर्गाबहादुर सुवेदी (जापान) रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।