झापा। माछा मार्ने क्रममा गौरादह नगरपालिका–९, सिस्नेखोलामा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको माछा मार्ने क्रममा आज दिउँसो खोला डुबेर मृत्यु भएको हो । प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।