गणेश बिक/ रुकुम
रुकुम,१८ साउन । सडक डिभिजन कार्यालय चौरजहरीमा कार्यरत एक ईन्जिनियर मृत फेला परेका छन् । गएराती खाना खाएर सुतेका विरेन्द्रनगर नगरपालिका वडा नं. ५ चिसापानी सुर्खेतका ५३ वर्षिय भुवन खडका कोठामै मृतअवस्थामा फेला परेका हुन ।

hatyaचौरजहारी नगरपालिका २, घारीगाउँ स्थित कार्यालयको क्वाटरमा बस्दै आएका खड्काको मृत्युको कारण पत्ता लागेको छैन् । उनलाई ब्लडप्रेसरको समस्या रहेको आफन्तलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ ।

आफन्तहरु नआउदा सम्म शव नचलाउने भन्ने खवर आएकोले प्रहरीले शवको सुरक्षा गरिरहेको ईलाका प्रहरी कार्यालय चौरजहारीका सहायक प्रहरी निरिक्षक हिरा वहादुर खत्रीले जानकारी दिए । मृतको कारण खोजतलास भई रहेको प्रहरीले जनाएको छ ।