रुपन्देही । जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश दिएको छ।
लामिछानेले साउन १९ गते आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टीसहित धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राख्न आदेश दिएको हो। लामिछाने करिव चार महिनादेखि रुपन्देहीको कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।











