धनगढी । कैलाली कारागारभित्र कैदीबन्दीबीच भएको कुटपिटबाट मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव उठाउन परिवार तयार भएका छन् ।
प्रदेश सरकारले मृतकका परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख क्षतिपूर्ति घोषणा र छोरीको पढाइको जिम्मेवारी प्रशासनले मिलाउने प्रतिबद्धता जनाएपछि सोमवार चौथो दिन शव बुझ्न तयार भएका हुन् ।
शवको पोस्टमार्टम सकिएको र आजै आफन्तलाई शव बुझाउन लागिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए । चार दिन अघि कारागारभित्रै कैदीबन्दीहरुबीच समूह समूहबीच झडप हुँदा चौधरीको ज्यान गएको थियो ।










