दाङ । सोमबार घोराहीमा नेवार सेवा समाज घोराहीले रोपाइँ जात्रा मनाएको छ । यो समुदायले गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउने गर्दछ।
नेवार समुदायले मनाउने रोपाइँ जात्रा विशेष रूपमा महत्वपूर्ण छ। नेवार समुदायमा रोपाइँ जात्रालाई “सिनाज्या यास् भनिन्छ। अर्थात् सिनाज्या मतलब रोपाइँ, र या को अर्थ हो जात्रा। यस जात्राले नेवारहरूको कृषिप्रति लगाव, पारिवारिक एकता, र परम्परागत संस्कारको जगेर्ना गर्ने कार्यलाई प्रतिबिम्बित गर्दछ भन्ने विश्वास गरिन्छ।






तस्विर : उदय बीसी/इन्द्रेणी अनलाइन











