इन्द्रेणी संवाददाता
दाङ, १८ साउन
दाङमा अवैध रुपमा ढुंगाजन्य वस्तु उत्खनन्मा संलग्न २ वटा टेक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  सुकौरा स्थित पातुखोलामा ढुंगा, गिट्टी वालुवा उत्खनन गरिरहेका रा १ त २०३३ र रा १ त १७३१ नम्वरका दुइवटा ट्याक्टरलाई प्रहरी चौकी उरहरी जस्पुरले आज विहान नियन्त्रणमा लिएको हो । trac-1

नियन्त्रणमा लिइएका दुइवटै ट्रेक्टरलाई आवश्यक कारावहीका लागि जिल्ला विकास समिति दाङमा पठाइने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले जानकारी दिनुभयो । दाङमा ढुंगाजन्य पदार्थको अबैद्य उत्खनन् रोकिएको छैन ।।