काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा लाइ प्रस्तावक र कृष्णबहादुर महरा, जयदेव जोशी, कुमार खड्का र चन्द्रेश्वर झा लाइ समर्थक बनाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।

prachanda-pm-election-nomination-4

आज बिहान साढे ११ बजे उनले संसद् भवन नयाँ बानेश्वर पुगेर उनले आफ्नो उम्मेद्वार दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि विहान ११ बजेदेखि अपराहृन ४ बजेसम्मको समय तोकिएको छ । भने प्रधानमन्त्रीको निर्वाचन भोली हुनेछ ।