टंकबहादुर झाँक्रीमगर “समीप बैरागी“

मिरुल ५, दाइपो, रोल्पाsamip

कुनै बेला बन्दुकको गर्जनले थर्किएको रोल्पा । बारुदको धुँवाले छोपिएको रोल्पा । वर्तमान समय साहित्यमय बनेको छ । १० वर्षे जनयुद्धको बेला विश्वलाई आफुतिर फरक्क फर्काएर एक नजर लगाउन बाध्य बनाउने रोल्पाले आज पनि साहित्यको माध्यमबाट त्यो प्रयास गरिरहेको छ ।

प्रत्यक चोक ( चोकमा साहित्यको कुरा चल्छ । गाउँ गाउँमा साहित्यक कार्यक्रमहरु भईरहन्छन् । कहिलेकाहीँ यस्तो लाग्छ रोल्पा एउटा सुन्दर मधुवन रोल्पाली स्रष्टाहरु कोईली हुन । जहाँका डाली डालीमा बसेर मीठो भाका छोड्दै गीत गाँउछन् संधै ।

कमिकम्जोरीहरु होलान् केही बिधागत त्रुटीहरु पनि होलान् विज्ञ गुरुवर्गहरुबाट समिक्षा गर्ने पाटो आफ्नै ठाउँमा छ तर साहित्यको विभिन्न विधामा लेखिएका पुस्तकहरु प्रकाशन गर्ने क्रम जारी नै छ । एक हिसाबले भनौँ प्रतिस्पर्धा नै चलिरहेको छ भन्दा पनि फरक नपर्ला कृति प्रकाशन गर्नेमा ।

यसर्थ हामीले जीवन जिउनुको अर्थ राम्रो संग बुझेका छौँ जस्तो लाग्छ सायद । नेपाल मगर लेखक सघं जिल्ला समिति रोल्पा , राप्ती साहित्य परिषद रोल्पा , ललित साहित्य परिषद रोल्पा , नागी साहित्य परिषद रोल्पा लगायतका साहित्यक संघ संस्थाहरुबाट कृतिहरु प्रकाशन भइरहेको देखिन्छ ।

रोल्पा जिल्लामा मगर जातिको बाहुल्यता धेरै भएकोले नेपाली भाषाबाट मात्र नभएर मगर खाम भाषाबाट पनि विभिन्न बिधामा लेखिएका साहित्यक कृतिहरु प्रकाशन भएका छन् । खास गरि रोल्पा मिरुलका आदरणीय दाइ जे . आर . मगर “हिमाल“ तारामान बुढामगर , रोल्पा उवाका प्रेमप्रकाश मायालु , ब्योम जी अवतार , रोल्पा थबाङका इराधा झाँक्रीमगरहरुले पुस्तकहरु प्रकाशन गर्नु भएको छ ।aachim १८ मगरात मगर खाम साहित्यमा उहाँहरुको महत्त्वपूर्ण भुमिका रहेको छ ।

पछिल्लो चरणमा रोल्पा मिरुलका टंकबहादुर झाँक्रीमगर “समीप बैरागी“ ले पनि जिन्दगीला यम (जिन्दगीको बाटो) नामक मुक्तक संग्रह प्रकाशन गरेर मगर खाम साहित्यमा हात राखेको छन् भने रोल्पा मिरुलकै डी.बी.मगर “स्वेद“ लगायतका स्रष्टाहरुले पनि मगर खाम साहित्यमा कलम चलाइरहेको देखिन्छ ।

मैले आदरणीय दाइ जे.आर.मगर “हिमाल“ ले लेख्नुभएको आछिम चेतैक (आज सम्झिँदा) नामक कथा संग्रह पढेपछि खुशीका केही शब्दहरु लेख्न खोजेको छु । पुस्तक १८ मगरात मगर खाम भाषाबाट लेखिएको भए पनि सबैले बुझ्न सरल होस् भनेर नेपाली भाषाबाटै लेखिरहेको छु । उहाँको जति पनि कृतिहरु प्रकाशन भएका छन् सबै फरकफरक बिधामा लेख्नुभएको छ । यो भन्दा पहिले २०६२ सालमा मगर खाम भाषाकै पहिलो कविता संग्रह गिन्मी ङाता कोस्याली (हाम्रो पहिलो कोसेली) प्रकाशन गर्नुभएको छ । त्यतिबेला म नेपालमै थिएँ । पछि म विदेश गएपछि २०६८ सालमा आछिमका सिल (आजको पाइला) नामक उपन्यास प्रकाशन गर्नुभएको छ । जे होस् म घरदेशमा वा परदेशमा जहाँ भएता पनि उहाँका दुई वटै कृतिहरु अध्यान गरेको थिएँ त्यतिबेला ।

आछिम चेतैक (आज सम्झिँदा) कथा संग्रह २०७१ सालमा प्रकाशन गर्नुभएको छ । यस पछि पनि गे मगरात खै (हाम्रो मगरात खै) नामक निबन्ध संग्रह प्रकाशन गर्नुभएको छ । समयले साथ दिए सम्म त्यो पनि अध्यान गर्ने नै छु । (आज सम्झिँदा) कथा संग्रह पनि १८ मगरात मगर खाम भाषाको पहिलो कथा संग्रह नै भएको छ । यस कथा संग्रहमा जम्मा गरेर ११ वटा कथाहरु संग्रहित छन् । १ मङ याज (सपना मात्र) २ चेप्वाल परिसिके (चेप्वामा परियो) ३ आछिम चेतैक (आज सम्झिँदा) ४ दिलमा सन जनम ( दिलमा र जनम) ५ पितर (पित्र) ६ ङा कर (मेरो बाध्यता ) ७ (मस्यान्दरा) ८ युद्धए मिनत ( युद्धको नाममा) ९ (सुनसरी) १० कितउ कहानी सर्न्या (कस्तो कहानी लेख्ने) ११ छोर्या लिक (सानो छँदा) यी ११ वटै कथाहरु अत्यन्तै मार्मिक छन् । जति पढे पनि फेरि पढिरहुँ झैँ लाग्छन् यी कथाहरु । यी कथाहरुमै भेटिन्छन् मगरहरुका संस्कार संस्कृतिहरु । हामी मगरहरुको संस्कार संस्कृति र विभिन्न खालका चाड पर्बहरुको अध्यान गर्नको लागि सबैले पढ्नै पर्ने पुस्तक हो यो । अझ यो पुस्तकलाई नेपाली भाषाबाट अनुवाद गरेमा झन राम्रो हुनेछ । किन भने मगर खाम भाषा नबुझ्ने धेरै मगरहरु हुनुहुन्छ उहाँहरुलाई पढ्न र बुझ्न सजिलो हुनेछ । मगरहरुको पर्व माघे संक्रान्तिमा महिला दिदीबहिनीहरुले खेल्ने मस्यान्दरालाई (मस्यान्दरा) शिर्षक राखेर निकै सरल तरिकाले प्रस्तुत गर्नुभएको छ । बाँकी कथाहरु पनि उत्तिकै मीठा छन् । ओजपुर्ण भावका छन् ।

सबै मगरहरुले एकपटक पढ्नै पर्ने पुस्तक हो यो । माया गर्न सिकौं हाम्रो भाषालाई । हामीले माया नगरे अरु कसले पो गरिदेला होइन र ? रोल्पा राङकोटका साहित्यकार “नवीन विभास“ ले एउटा अन्तरवार्तामा भन्नु भएको थियो । “रोल्पामा अझै पनि छुँदै नछोएका चोखा बिषयबस्तु र बिम्बहरु छन्“ । उहाँले भने झैँ अब सबैले लेख्ने प्रयास गरौँ । खोज्ने काम गरौँ नयाँ(नयाँ चिजहरु अनि टप्प टिपेर ल्याऔँ हाम्रो मगर खाम साहित्यमा ।
जेदो !!!