इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिकाले आज परेको मगर समुदायको भूम्या पर्वको अवसरमा आज असार १ गते सार्वजनिक विदा दिएको छ । उपमहानगपालिकाको जेठ ३१ गतेको निर्णय अनुसार आज नगर कार्यपालिका अन्तर्गतका सबै कार्यालय सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयलाई विदा दिइएको हो ।
लुम्बिनी प्रदेश सरकारले भने प्रदेशका चार जिल्लामा सम्बन्धित समुदायका लागि मात्रै विदा दिएको छ । लुम्बिनी प्रदेशका दाङ, रोल्पा, पूर्वीरुकुम र प्यूठान जिल्लामा सम्बन्धित समुदायका लागि मात्रै सार्वजनिक विदा दिइएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।











