इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिकाले आज परेको मगर समुदायको भूम्या पर्वको अवसरमा आज असार १ गते सार्वजनिक विदा दिएको छ । उपमहानगपालिकाको जेठ ३१ गतेको निर्णय अनुसार आज नगर कार्यपालिका अन्तर्गतका सबै कार्यालय सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयलाई विदा दिइएको हो ।लुम्बिनी प्रदेश सरकारले भने प्रदेशका चार जिल्लामा सम्बन्धित समुदायका लागि मात्रै विदा दिएको छ । लुम्बिनी प्रदेशका दाङ, रोल्पा, पूर्वीरुकुम र प्यूठान जिल्लामा सम्बन्धित समुदायका लागि मात्रै सार्वजनिक विदा दिइएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
