काठमाडौं । गत १५ चैतमा राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश गरेको छ ।

बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित सात जनालाई पुर्पक्षमा पठाउने आदेश दिएको हो । अदालतले ३२ जनालाई भने जमानतमा छाड्ने आदेश गरेको छ । घटनामा ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा पुर्पक्ष पठाउने आदेश गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठ जानकारी दिए। तीनकुने प्रदर्शनमा एक जना पत्रकारसहित दुई जना ज्यान गएको थियो ।