काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । बिहीबार मध्यराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतान्तरले हराउदै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् ।

कडरियाले ७३२ मत ल्याए भने उनका प्रतिस्दर्धी पौडेलले ७२५ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा विकास श्रेष्ठ र महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी निर्वाचित भएका छन् ।

महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् । विद्युतीय मेसिनबाट भएको मतदानमा एक हजार पाँच सय ५१ मध्ये एक हजार चार सय ५० मत खसेको थियो । यसपालि अनेरास्ववियुले नेतृत्वका लागि ३२ वर्षीय उमेरहद कायम गरेको छ ।