काठमाडौँ । काठमाडौँको प्युखा कृष्ण चोकबाट प्रहरीले २ करोड १ लाख भन्दा बढी रकम बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित चार जना नियन्त्रणमा लिएको छ । चारै जनालाई समान सहित नियन्त्रणमा लिइएको जनाएको हो ।

पक्राउ पर्नेहरूमा भारतको कलकत्ता घर भई काठमाडौँ २२ बस्ने ४३ वर्षीय हरिवोर सेख, सोही ठाउँका ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम सेख रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।