ईन्द्रेणी संवाददाता
दाङ, १७ साउन
दाङमा प्रहरीले ४ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सामाजिक अपराध विरुद्ध बिशेष प्रहरी कार्वाही” अन्तरगत जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको बिशेष प्रहरी टोलीले दाङ त्रिपुरवाट ४ जना जुवाडलाई नगदसहित पक्राउ गरेको हो ।dagma

त्रिपुर नगरपालीका वडा नं ४ स्थित बिना खड्काको घरमा तास खेलीरहेका त्रिपुर ३ बस्ने राजु चौधरी, त्रिपुर १ बस्ने गणेश गुरुङ, त्रिपुर २ बस्ने डिल्ली वली, र त्रिपुर ७ बस्ने शेर बहादुर घर्ति गरी ४ जनालाई तास १ गड्डि, नगद रकम २९ हजार आठ सय २० रुपैयाँसहित नियन्त्रणमा लिइ आवश्यक कानूनी कार्वाही थालिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

यसैविच, प्रहरीले फरार अभियुक्त प्रकाउ गरेके छ । फरार अभियुक्त पक्राउ बिशेष प्रहरी कार्वाही” अन्तरत दाङ देउखुरी जिल्ला अदालत घोराही दाङबाट वन मुद्धामा ५ महिना ८ दिन कैद सजाय र ८९ हजार ६ सय ५०जरिवाना तोकिएका जिल्ला दाङ गढवा गाविस १ बस्ने २२ को सुरेश चौधरीलाई पक्राउ गरेको हो।

चौधरीलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला वन कार्यालय घोराही दाङमा पठाईएकोएसपी सिंहले वताउनुभयो ।।