दाङ, १७ साउन
लामो समयदेखि निष्क्रिय रहेका दाङका ५ वटा सहकारी संस्थाहरु खारेजीमा परेका छन । डिभिजन सहकारी कार्यालय दाङका अनुसार दुर्गा बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर, लक्ष्मीपुर महिला बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर, श्रृष्टि महिला कृषि सहकारी संस्था हापुर, ब्रह्मकुमारी दुग्ध सहकारी संस्था घोराही र पाण्डवेश्वर पशुपंक्षी सहकारी संस्था सौडियार रहेका छन ।sahakari-home

ति सहकारीहरु शुरुवातीका वर्षदेखी नै निष्क्रिय अवस्थामा रहेका डिभिजन सहकारीका सुचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभएको छ । यस्तै राप्तीका २ सय १३ सहकारी संस्था निष्क्रिय रहेको कार्यालयले वताएको छ ।

निष्क्रिय सुचीमा रहेका सहकारी मध्य दाङका ३७, रोल्पाका ४६, रुकुमका ५७, सल्यानका ३६ र प्युठानका ३७ रहेका छन । ती सहकारीहरुले लेखा परिक्षणका लागी लामो समयदेखी डिभिजन सहकारी कार्यालयबाट अनुमति लिएका छैनन भने लेखा परिक्षण प्रतिवेदन र साधारण्सभाको वार्षिक रिपोर्ट पनि वुझाएका छैनन ।