दाङ, १७ साउन
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन) का संस्थापक अध्यक्ष भोजराज घिमिरेको निधनप्रति दाङका सवै सहकारीहरु आज वन्द भएका छन । घिमिरेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
ब्रोङ्काईटिस र निमोनियका कारण निधन भएका घिमिरेको निधनको शोकमा आज एक दिन दाङका सवै सहकारी संस्थाहरुले काम नगरेका हुन ।
घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गर्न दाङका सम्पुर्ण सहकारीहरुले कामकाज वन्द गरेको नेफ्सकुन दाङका लेखा समिति सदस्य हुमा डिसीले जानकारी दिनुभयो । घिमिरेको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।।
