दिपक बोहरा
तुलसीपुर १७ साउन ।  नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले भारतले पेट्रोलियम पदार्थमा नाका बन्दी गरेमा नेपालले बिद्युतमा नाका बन्दी गर्न सक्ने क्षमता रहेको बताउनुभएको छ । नयाँ संबिधान जारी भएसंगै मधेशमा भएको आन्दोलनको बाहानामा भारतले पेट्रोलियम पदार्थ लगायत अन्य सामाग्रीमा गरेको नाकाबन्दीको स्मरण गर्दै उहाँले नेपालको पनि भारतलाई बिद्युत दिन सक्ने क्षमता भएको बताउनुभयो ।

13908871_1151721361557868_7487330734432255402_o

त्यसपछि भारतले पेट्रोलियम पदार्थमा नाकाबन्दी गरे नेपालले पनि बिद्युतमा नाका बन्दी गर्न सक्ने क्षमता हुने उहाँले बताउनुभयो । नयाँ शक्ति नेपाल तुलसीपुर नगर समितीले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्याक्रममा बोल्दै डा। भट्टराईले नेपालमा ४० हजार मेगावाट बिद्युत निकाल्न सकिने बताए । उहाँका अनुसार नेपालमा ४० मेगावाट बिद्युत निकाल्न सकिन्छ , त्यो मध्य २० हजारमा नेपालमा खपत हुन्छ भने २० हजार भारतमा बिक्रि गर्न सकिन्छ ।

पुर्ब प्रधानमन्त्री समेत रहेको डा। भट्टराईले नेपालले परराष्ट्र निति र सम्बन्ध समधुर राख्नु पर्ने बताउनुभयो । नेपालमा चाहिने आधारभुत आबश्यकताहरु समेत बाहिरी देशबाट आयत गर्नुपर्ने अबस्था भएकाले छिमेकी देश भारत र चिन लगायत अन्य देशहरुसंग पनि समधुर सम्बन्ध राख्नु पर्ने उहाँको भनाई थियो । नेपालको अर्थतन्त्रमा सुधार ल्याउन दुई देश बिचको पुलको भुमिका खेल्नु पर्ने भनाई उनका थियो ।
नयाँ शक्ति नेपाल तुलसीपुर समितीका संयोजक बामदेव भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भट्टराईले देशमा हुने भ्रष्टचारलाई आख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै नियणत्रण गर्न नसक्ने बताउनुभयो ।।