
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशलाई नियुक्ति गरेकी छिन् । राष्ट्रपति भण्डारीको समुपस्थितिमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराइन् ।
