प्रकाश पुन
दाङ, १७ साउन
रक्तसञ्चार केन्द्र घोराहीमा रगतको अभाव भएपछि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले रक्तदान गरेका छन ।11

वर्षायाम संगै विरामीको चाप बढेपछि रक्तसन्चार केन्द्रमा रगतको अभाव भएपछि आज केन्द्रमा अखिल क्रान्तिकारी महेन्द्र वहुमुखी क्याम्पस दाङले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सो संगठनका दाङ जिल्ला उपाध्यक्ष जंग रोका सहित राजेश चौधरी, सोभीयत घर्ती, प्रदिप विष्ट, तिर्थराज अधिकारी, हिरासिहं राना, विनोद भट्टराई, शिशिर अधिकारी, अर्जुन अधिकारी, अनुपमा खत्री, तिर्थराज भण्डारी, रिम वहादुर पुन, अर्जुन विश्वकर्मा, भरत खड्का, युवराज राई, विरेन्द्र वटला, श्रीकृष्ण सुनार, रवि परियारले रगतदान गर्नुभएको हो । 2
रक्तदान पश्चात आयोजित कार्यक्रममा सहभागीहरुले जिल्लामा देखिएको रगत अभावलाई मध्यनजर गरी युवाहरुमा रक्तदान गर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्ने वताएका थिए ।

इकाई अध्यक्ष प्रदिप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सो संगठनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष सन्तोष पोख्रेल, रक्त सञ्चार केन्द्र घोराहीका प्राविधिक ठाकुर पौडेल, केन्द्रिय सदस्यहरु जंग रोका, राजेश चौधरी, जिल्ला सचिव सुवास वस्नेत, सहसचिव सोभियत घर्ती लजायतले वोल्नुभएको थियो ।कार्यक्रमको सञ्चालन जिल्ला सञ्चार विभाग सह संयोजक गिरवहादुर महराले गर्नुभएको थियो ।।।