काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री भट्टराईले भेटेर राजीनामा पत्र बुझाएकी हुन् ।

शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरुको मागका सम्बन्धमा सरकार दबाबमा परेको छ ।
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ ।

शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् ।
भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदमा गत २०८१ असार ३१ गते नियुक्त भएकी थिइन् ।