दाङ । दाङको तुलसीपुरमा भएको गोली प्रहारको घटनामा नारायण आचार्यको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरका ८३ वर्षीय आचार्यको आफ्नै घरमा गोली लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार दिउँसो २ बजे घटनाको खबर प्राप्त भएको थियो। प्रारम्भिक जानकारी अनुसार गोली लाग्ने हतियार कोठाभित्रै फेला परेको छ। श्रीमती घरबाहिर निस्केको बेला आफ्नै इजाजत प्राप्त बन्दुकले गोली हानेको र श्रीमती घर फर्केर थाहा पाएपछि मात्र प्रहरीलाई खबर गरेको बताइएको छ ।

घाँटीमा गोली लागेको र थप अनुसन्धान र परीक्षण भइरहेको बताइएको छ । आफैंलाई गोली हान्नुको कारण थाहा हुन नसकेको प्रहरीले बताएको छ । आचार्य लामो समयसम्म रेडक्रस सोसाइटी दाङका सभापतिका रूपमा सक्रिय थिए ।