काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुने उकासेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा रिहा भएका छन् । उनलाई हिजो बेलुकी हाजिर जमानीमा रिहा गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको हो ।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो । तर उनीसँगै पक्राउ परेका राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रभने थुनाउमै छन् ।
