काठमडौ १७ साउन ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धन आवद्ध त्रिपक्षीय कार्यदलको बैठक आज पनि बस्दैछ । कांग्रेस–माओवादी केन्द्र र आन्दोलनरत संघीय गठबन्धनबीच साझा न्युनतम कार्यक्रम सहित आगामी निर्वाचनसम्मको रोडम्याप तयार गर्न दलहरुले गत शनिवार ९ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

deuba-prachanda-upendra

मधेश आन्दोलनको मुख्य माग नै सीमाकंन हेरफेर भएकाले त्यसमा प्रष्ट प्रतिबद्धता आएपछि मात्र सरकार निर्माणमा सहयोग गर्ने गठबन्धनको अडान रहेको छ । गत असार अन्तिम साता भएको ७ बुँदे सम्झौतामा सीमाकंनको बिषय स्पष्ट रहेकाले त्यसैलाई आधार बनाएर सहमतिको पहल गर्नुपर्ने प्रस्ताव कांग्रेस–माओवादीको छ । सो प्रस्तावमा आन्तरिक छलफल गरी आज थप कुराकानी गर्ने कार्यदलको तयारी रहेको छ । बैठक साँझ सिंहदरवारमा बस्नेछ ।