सन्तोषकुमार गुप्ता

देउखुरी १७ साउन
दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष नियुक्ती गरिएको छ । देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँ र दाङको नारायणपुर नगर विकास समिती नयाँ अध्यक्ष नियुक्ती गरिएको हो ।1

नेपाल सरकार मन्त्रीस्तरको साउन ९ गते सम्पन्न बैठकद्धारा सहरी विकास मन्त्रालयले साउन ११ गते देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँको अध्यक्षमा मदन अधिकारी र दाङको नारायणपुर नगर विकास समितीको अध्यक्षमा मानबहादुर जिसीलाई दुई बर्षे कार्यकालका लागि मनोनय गरिएको छ ।

अधिकारी र जिसी नेकपा एमाले दाङ जिल्ला सदस्य हुनुहुन्छ । नगर विकास समितीका पूर्व अध्यक्षहरुको कार्य अवधि सकिएको भन्दै मन्त्रालयले अधिकारी र जिसीलाई ती नगर विकास समितीको अध्यक्षमा मनोनयन गरेको हो ।

मनोनित भए संगै दुबै अध्यक्षले नगर विकास समितीका पदभार समेत गहण गरीसकेको पत्रकार सन्तोषकुमार गुप्ताले जानकारी दिनु भएको छ ।