तुलसीपुर १७ साउन ।  अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरको बार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष हुमाकान्त कडेँलेको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्यता तथा समाजसेबी गोपीनाथ योगीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

13871759_582776461910285_2144742379_n

सो अबशरमा केन्द्रका सल्लाहकार दोर्ण केसी , शुशिल बस्नेत, महिला अधिकारकर्मी देबा बस्नेत, केन्द्रका कानुनी सल्लाहकार मोहन धिताल लगायतले बोलेका थिएबोल्नुभएको थियो । केन्द्रका उपाध्यक्ष ईश्वरी प्रशाद खडकाको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सदस्य टिकाराम वलीले गर्नुभएको थियो ।