काठमडौ १७ साउन । आज अगस्ट १ अर्थात विश्व स्तनपान दिवस देशभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइदै छ । स्तनपान दिगो विकासको प्रमुख आधार भन्ने नाराका साथ आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ ।
दिवसका अवसरमा विश्वभर नवजात शिशुको स्वास्थ जीवनका लागी स्तनपानको महत्व बारेको चेतनामुलक कार्यक्रमहरु आयोजना गरिएका छन् ।विश्व स्वास्थ्य संगठन ध्ज्इ, युनिसेफ तथा स्तनपानको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको आव्हानमा प्रत्येक बर्ष अगस्ट १ तारिखबाट एकसाता स्तनपान सप्ताह मनाउने गरिन्छ । सन् १९९२ बाट स्तनसम्बन्धी यो सप्ताह मनाउन थालिएको हो ।
सप्ताहमा विश्वभर स्तनपान, यसको तरिका, स्तनपानकालागि बच्चाको उमेर, आमा र बच्चाको जिवनमा स्तनपानको महत्व र यसका फाइदा बारे चेतना जगाउन विविध कार्यक्रम गरीन्छ ।











