काठमाडौं । शुक्रबार तीनकुनेमा भएको राजसंस्था पक्षधरहरूको आन्दोलनको लाइभ गरिरहेका एक जना पत्रकारको ज्यान भएको छ । राजावादीहरुले तीनकुनेमा एक निजी घरमा आगो लगाउदा जलेर त्यहाँबाट भिडिओ खिचिरहेका भिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो।

राजावादीहरुहरुले सुरक्षा घेरा तोडन खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीहरुबीच तनाव उत्पन्न भएको थियो । सो क्रममा प्रदर्शनकारीहरुले उक्त निजी घरमा आगजनी गरेका थिए । सोही प्रदर्शनको टेलिभिजनमा लाइभ गरिरहेका पत्रकार रजकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले प्रहरीलाई समयमै खबर गरे पनि आगलागीमा परेका आफ्नो टेलिभिजिनका पत्रकारको उद्धार हुन नसकेको बताएका छन्।