काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै उनी रिट निवेदन पेस गर्न सर्वाेच्च पुगेका हुन् ।

सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रिट आएको तर हेर्न नभ्याइएको जानकारी दिए । ‘रिट आइपुगेको छ हेर्न भ्याइएको छैन । भोलि मात्रै थप अध्ययन गरेर प्रक्रिया अघि बढ्छ, उनले भने। सोमवार मात्रै मन्त्रिपरिषदको बैठकले कुलमानको कामप्रति असन्तुष्टि जनाउदै पदबाट बर्खास्त गरेको थियो ।