काठमाडौँ, १७ साउन । सहमतिबाट प्रधानमन्त्री चयन गर्न नसकिएपछि बहुमतिय प्रक्रि हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचनका लागि दिएको सात दिनको समयमा सहमति नजुटेपछि अब प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट हुने भएको हो ।

pm-chairदलका शीर्ष नेताहरूले हिजो राष्ट्रपतिसँग भेट गरी राजनीतिक सहमतिका आधारमा सरकार गठन हुन नसक्ने जानकारी गराउनुभएको छ । भेटमा राष्ट्रपति भण्डारीले दलहरूबीच सहकार्य र मेलमिलापबाटै अगाडि बढ्न जोड दिनुभएको छ ।

राष्ट्रपतिबाट नेपालकोे संविधानको धारा २९८ को ९२० राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न व्यवस्थापिका–संसद्मा क्रियाशील दलहरूलाई गरिएको आह्वानको एक साता बितेको छ । राजनीतिक सहमतिको प्रयास सफल नभएपछि अब संविधानको सोही धाराको उपधार ९३० अनुसार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्रीको निर्वाचन हुने पक्का भएको हो ।

यस प्रयोजनका लागि राष्ट्रपति कार्यालयले सम्भवतः आज दिउँसोसम्म संसद सचिवालयलाई पत्राचार गर्नेछ । आज अपराह्न ३ बजे बस्ने संसद्को बैठकमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइनेछ । त्यसपछि बहुमतीय प्रक्रियाबाट निर्वाचन गराउन संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्ने र निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिने सम्भावना छ ।

संसद् सचिवालयका एक उच्च अधिकृतले दिएको जानकारी अनुसार सोमबार सभामुख ओनसरी घर्तीले दलका शीर्ष नेताहरूसँग छलफल गरेपछि मात्रै यसको टुङ्गो लाग्नेछ ।।