काठमाडौं, १७ साउन । मानबिय त्रुटिका कारण पोखराबाट जोमसोमको नियमित उडानमा रहेको तारा एयरको ९ एन एएचएच टुइनअटर विमान दुर्घटना भएको एक प्रतिबेदनले देखाएको छ । तारा एयरको विमान दुर्घटना भएको सम्बन्धमा जाँच गर्न गठित ‘दुर्घटना जाँच आयोग’ ले हिजो आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

tara-air-crashed
फाइल तस्वीर

विमान गएको फागुन १२ गते म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टे भिरमा दुर्घटना भएको थियो । दुर्घटनामा परी चालकदलसहित २३ जनाको ज्यान गएको थियो । त्यसमा दुई विदेशी थिए । घटना भएकै दिन नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको थियो ।।